सल्यान । सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार राति वर्षासँगै परेको चट्याङ लागेर वन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ७, लामसराकी ५३ वर्षीया रामकली कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा जडान गरेको सोलारमा चटयाङ पर्दा भान्सा कोठामा सुतिरहेकी महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चट्याङ लागेर दुई वटा घरमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार