बर्दियामा टिपरको ठक्करबाट २ जनाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् ।

हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नर्सि होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस