लमही खानेपानीकाे १७ औं साधारणसभा सम्पन्न

लमही । लमही खानेपानी उपभाेक्ता तथा सरसफाइ संस्थाकाे १७ औं बार्षिक साधारण सभा आइतबार लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दन्डिराम चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश संसद रेवतिरमण शर्माकाे प्रमुख आतिथ्यता तथा लमही नगरपालिका प्रमुख कुल बहादुर केसि र खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख भाेला प्रसाद थापाकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भयकाे थियाे ।

साे अबसरमा बाेल्ने बक्ताहरुले आम उपभोक्ताहरुलाई सर्बसुलभ तरिकाले खानेपानी सेवा पुर्याउनु पर्ने कुरामा जाेड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रेवतिरमण शर्माले उपभोक्ताहरुलाई सफा पानी खाएमा बिरामी भईन्न त्यसैले धाराकाे पानी दुध बराबर हाे, सुरक्षित र सफा पानीले पानीजन्य राेगबाट बच्ने बताए । उनले स्वास्थ्य र सरसफाइ पानी बिना मानिसकाे जीवन सम्भब नभएको बताए।

त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बढीमा ३ बर्ष भित्र कुनै पनि नागरिक शुद्ध खानेपानीबाट बन्चित नहुने गरी स्थानीय सरकारले काम गर्ने छ ।

खानेपानी र स्थानीय सरकार खानेपानी र सरसफाइकाे काममा समन्वयात्मक ढंगले काम गर्न जरुरी रहेकाे केसीले बताए । खानेपानी नागरिककाे आधारभूत सेवा हाे त्याे हर नागरिकमा पुर्याउन जरुरी रहेको भन्दै सरसफाइमा सल्लाह गरेर अघि बढ्न आग्रह गरे ।

साे अबसरमा नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि मधु न्याैपाने, एमाले जिल्ला सदस्य पबन शर्मा रिजाल, नेकपा माओवादी लमही ईन्चार्ज अम्मर कुवर याेगी, एकीकृत समाजवादीका जगनारायण चाैधरी, जनमाेर्चाका हरि बहादुर थापा, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशब शर्मालगायतले बोलेका थिए।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस