मे २६ मा गुगलको स्मार्टवाच आउने

काठमाडौं । गुगलले आगामी मे ६ मा आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । सम्भवतः गुगल पिक्सेल वाच नाम रहने स्मार्टवाच सन् २०२२ मे २६ मा लञ्च हुने प्रविधि सम्बन्धी समाचारहरु सार्वजनिक गर्ने प्रसिद्ध टिप्स्टर जोन प्रोसरले दाबी एक ट्वीट मार्फत् दाबी गरेका छन् ।

ट्वीटमा उनले भनेका छन्, ‘मैले सुने अनुसार गुगलले मे २६ मा स्मार्टवाच सार्वजनिक गर्ने योजना बनाइरहेको छ । पर्दापछाडि डिभाइसमा कुनै मिति तय गरिएको हामीले पहिलो पटक देखेका छौँ । यद्यपि मिति धकेल्नका लागि गुगल नामी छ, तर त्यसो गरिहालेमा पनि हामीले थाहा पाउनेछौँ।’

यसअघि पनि सन् २०२२ को दोश्रो त्रैमासिकमा गुगल पिक्सेल वाच बजारमा आउने भन्ने समाचारहरु सार्वजनिक भएका थिए । गुगलको पिक्सेल स्मार्टवाचमा सामसुङको एक्जिनोस चिपसेट र वेयर अपरेटिङ सिस्टम रहनेछ। एक्जिनोस चिपसेटमा वेयर अपरेटिङ सिस्टम भएको यो पहिलो डिभाइस हुनेछ ।

गुगलको यो पिक्सेल स्मार्टवाचमा स्टेप तथा क्यालोरी गणना, मुटुको गति मनिटरिङ लगायतका महत्वपूर्ण हेल्थ एण्ड फिटनेस ट्रयाकिङ फिचर हुनेछन् । एजेन्सी

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस