
लमही । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १७ औं साधारणसभा तथा ७ औं अधिबेशन यही माघकाे१६ गते आइतबार लमहीकाे सार्वजनिक बगैचामा हुने भएको छ ।
आइतबार लमहीमा सम्पन्न भएको सर्बदलीय तथा सर्बपक्षीय बैठकले यस्ताे निर्णय गरेको हाे । यसअघि माघकाे १५ गते सभा गर्ने निर्णय गरिएको थियाे । पहिले सत्यसाइ हलमा गरिने भएता पनि अहिले लमहीकाे सार्बजनिक बगैचामामा गरिने संस्थाले जानकारी दिएको छ।
काेभिड- १९ बढ्दै गएका कारण सम्पुर्ण स्वास्थ्य सुरक्षाकाे मापदण्ड पालना गरेर विहान ११ बजे कार्यक्रमको उद्धघाटन गरिने संस्थाका सचिब सनम कुमार पाैडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार