जिपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगामा जीप माथिबाट ढुंगा खस्दा जीप दुर्घटना भएपछि तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट ढुंगा खसेपछि जीप दुर्घटना हुँदा मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार युसब र युनिसा एकै परिवारका हुन् ।

गम्भीर घाइते जिप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा ६ जना सवार थिए ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस