दाङमा नेपाल घरबहाल सरोकार संघ गठन

दाङ । दाङमा नेपाल घरबहाल सरोकार संघ गठन गरिएको छ । युवराज बस्नेतको अध्यक्षतामा शनिबार गठन भएको संघको नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा किशोर गौतम र कोषाध्यक्षमा लोकप्रसाद शर्मा रहेका छन् ।

संघले घर बहालमा बस्ने तथा घरबहालमा बसी व्यापार व्यवसाय गर्ने व्यक्ति तथा संस्थाको हकहितको लागि काम गर्ने जनाएको छ । त्यस्तै घरबहाल दिने व्यक्तिसँग उचित समन्वय गरी विभिन्न किसिमका समस्याहरुलाई पहिल्याउँदै यस संघमा आवद्ध सदस्यको हितको लागि काम गर्ने संघले जनाएको छ ।

घरबहाल सरोकार महासंघ नेपालका केन्द्रीय सदस्य श्रीमोति मेथोङ शर्माको उपस्थितिमा दाङमा संघको तदर्थ समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस