
दंगीशरण । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि, २०७७ देखि लागु भएको बताएका छन् ।
यस कार्यविधि हरेक स्थानीय तहले पनि कार्यान्वयन गर्नका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । दंगीशरण गाउँपालिकामा पनि यस कार्यविधिलाई लागु गर्नका लागि कार्यक्रम संचालन गरेको र यस लाई नागरिकमुखी बनाउँन सञ्चालन गरेको बताए ।
साथै उनले मनसनुजन्य विपद्बाट क्षतीग्रस्त निजी आवासलाई सुरक्षित तरिकाले मर्मत, प्रवलीकरण, पुननिर्माण र पुनस्थापना गर्ने कार्यलाई ब्यवस्थित रुपले सञ्चालन गरी विपद् प्रभावितलाई प्रदान गरिने अनुदानलाई ब्यवस्थित गर्नका लागि सीप सिक्ने तरिकाले गोष्ठीको आयोजना गरिएको बताए ।
दंगीशरण गाउँपालिकामा शनिबार सम्पन्न भएको कार्यविधि कार्यक्रममा विपद ब्यवस्थापन शाखा प्रमुख बालकृष्ण भण्डारीले उक्त कार्यविधिमा उल्लेख गरिएका विविध विषय र विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान वितरण लगत संकलन प्रश्नावली, क्षतीग्रस्त निजी आवास भवन मर्मत वा प्रबलीकरणका लागि अनदुान सम्झौता ढाँचाका विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका वडा सचिव र प्राबिधिक शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भक्तराम पाण्डेले गरेका थिए ।