काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।
यस्तै कास्कीमा ४००, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।
१५ जिल्लामा संक्रिय सक्रमित धेरै
पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।
हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी छ ।
१७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।