जहाज समयमै अवतरण नहुँदा एक यात्रु बेहोस

नेपालगञ्ज । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज निर्धारित समयमा अवतरण नहुँदा जहाजमा एक यात्रु बेहोस भएका छन् । बुद्ध एयरकाअनुसार काठमाडौंबाट ७ः४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो तर मौसमको खराबीका कारण समयमा अवतरण हुन सकेन ।

तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्‍यो । यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । उक्त जहाजमा ६९ जना यात्रु थिए ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस