मोबाइलको प्याटर्न र पासवर्ड भुलियो भने यसरी खोल्नुहोस्

हामी आफ्नो स्मार्टफोनमा विभिन्न निजी र गोप्य चिजहरूसमेत सम्हालेर राख्दछौं । आफ्नो फोन अरुले खोलेर हेर्न नसकून् र फोन भित्रका डाटाहरू सुरक्षित र गोप्य रहुन् भन्नका लागि हामीले फोनमा प्याटर्न तथा पिन वा पासवर्ड हालेर लक गर्दछौं ।

तर कहिलेकाहीँ यस्तो आइलाग्दछ कि आफैंले राखेको पासवर्ड वा प्याटर्न आफैले भुल्दछौं । यस्तोमा फोनलाई अनलक गर्नका लागि समस्या हुन्छ । यदि आफ्नो फोनको पासवर्ड वा प्यार्टन भुलियो भने के गर्ने रु यसमा आत्तिनुपर्ने कुनै आवश्यकता छैन । एउटा सामान्य ट्रिक लगाउनुभयो भने तपाईंले पासवर्ड वा प्याटर्न लक गरिएको आफ्नो फोन सहजै खोल्न सक्नुहुन्छ । तर यसो गर्दा फोनमा रहेका डाटाहरू भने सबै डिलिट हुन्छन् ।

यसका लागि जान्नुहोस्

  • लक भएको फोनलाई रिकभरी मोडमा लैजानुपर्दछ । यसका लागि फोनलाई स्वीच अफ गरेर एक मिनेटसम्म पर्खिनुहोस् ।
  • त्यसपछि पावर बटन र भोल्यूम डाउन बटनलाई एकसाथ थिच्नुहोस् । त्यसपछि फोन रिकभरी मोडमा जान्छ ।
  • त्यहाँ तपाईंले Factory Reset को अप्सन छनोट गर्नुपर्दछ ।
  • त्यसपछि सबै डाटा हटाउनका लागि Clear Cache अप्सन छान्नुहोस् ।
  • केहीबेरपछि तपाईंले पुनः फोन खोल्नु पर्दछ । यो ट्रिकको सहयोगले तपाईंले पासवर्ड, प्याटर्न तथा पिनविना नै फोन अनलक गर्न सक्नुहुन्छ ।
    एजेन्सी

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस