घोराही । घोराही उपमहानगरपालिका वडा नं. १४ का कृष्णकुमार बुढा मगरले घर बनाउन सगरमाथा सिमेन्ट प्रयोग गरेको ढलान छ दिनसम्म पनि सेट नभएको बताएका छन् ।
पुस २१ गते नौवटा पिलर र भुईतलाको ढलाइ २६ गतेसम्म सेट नभएको घरधनी बुढा मगरले बताए । पिलरको ढलान ह्वार्हुवार्ती खसेको र भुइँतला पनि सेट नभएर समस्या भएको जानकारी दिए । उनले गलत सिमेन्ट दिएर आफूलाई समस्यामा पारेको बताए ।
उनले सगरमाथा सिमेन्टले उचित क्षतिपूर्ति नदिएको बताए पनि उद्योगले सम्बन्धित घरधनीसँग सम्झौता भइसकेको बताएको छ । उद्योग सम्बद्ध स्रोतले दुई चार ठाउँमा समस्या आएको स्वीकार गर्दै ग्राहकको कुनै नोक्सानि नहुने र उनीहरुले क्षतिपूर्ति पाउने जनाएको छ ।
युगबोधबाट साभार
प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार