घोराही । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको ३१ औं स्थापना दिवसका अवसरमा शनिबार घोराहीमा भएको मैत्रीपूर्ण भलिबल खेलमा प्याव्सन दाङको टिमलाई हराउदै पत्रकार महासंघको टिम बिजयी भएको छ ।
खेलमा महासंघको टिमले प्यावसनको टिमलाई २५–२७, २५–२४ र २५–२० को सेटमा हराउदै बिजयी भएको हो । पहिलो सेटमा २५–२७ हारेको महासंघको टिमले पछिका दुई २४–२५ र २५–२० मा जित्दै बिजयी भएको थियोे ।
पत्रकार महासंघको तर्फबाट नरेन्द्र केसी, जेएन सागर, युगराज पोख्रेल, हिरा ओली, हिक्मत दर्लामी, अभिनय बुढाथोकी, सुदन सुनार, जीवन मल्ल र नरेश महराले खेलेका थिए भने प्याव्सनका तर्फबाट चक्रबहादुर रावत, नवराज खत्री, सूर्यबहादुर रावत, लक्ष्मीप्रसाद बुढा मगर, चित्रबहादुर घर्ती, नारायण घिमिरे, श्रवण चौधरी, विरेन्द्र चन्द, बिमल अधिकारीले खेलेको थिए ।
मैत्रीपूर्ण भलिबलका बिजेता र उपबिजेता टिमलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको थियो । प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा भएको प्रतियोगितामा प्याव्सनका लुम्बिनी प्रदेश सल्लाहकार तथा प्रमुख अतिथि जीवनकुमार आचार्यले महासंघ र प्याव्सनबिच सौहार्दपुर्ण व्यवहार र सहकार्य निरन्तरता दिनका लागि मैत्रीपूर्ण खेलले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, प्याब्सन दाङका उपाध्यक्ष चक्र रावत, पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, प्याव्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्दलगायतले बोलेका थिए । प्याब्सन दाङका कोषाध्यक्ष पोषण न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।