
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका स्थित मावि सेन्टर तुसीपुरमा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)को विद्यार्थी जागरण अभियानको क्रममा ८२ सदस्यीय मुल एकाइ कमिटी गठन गरिएको छ ।
सङ्गठन बिस्तार तथा विद्यार्थी जागरण अभियानमा बुधबार गठन भएको कमिटीको अध्यक्षमा प्राशान्त चौधरी, उपाध्यक्ष सुशान्त रोका, कुमार ओली, भुपेन्द्र बस्नेत, सुनिता रोका, सचिवमा महेश भण्डारी, सहसचिव अर्जुन खनाल, वसन्त डाँगी, समिरा बिक, कोषाध्यक्षमा सिजल पुन, संगठन बिभाग प्रमुख तिलक केसी, अनुशासन विभाग प्रमुख प्रेमराज केसी र खेलकुद विभाग प्रमुख सुरेश पोख्रेल, प्रेम राज केसी चयन भएका छन् ।

त्यस्तैगरी अस्मिता रसाइली, आनन्द पुनमगर, प्रकाश ओली, करुणा भण्डारी, सुधन शर्मा, माधव खड्कालगायतलाई सर्वसम्मत चयन भएका छन् ।
क.प्राशान्त चौधरीको अध्यक्षता एवम् अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश सचिव क.मदन जिएमको प्रमुख आतिथ्यताता र अखिल (क्रान्तिकारी) दाङ जिल्ला उपाध्यक्ष क.डिभाईड शर्मा(सुबम), अर्का जिल्ला उपाध्यक्ष क.खगेन्द्र जि एम, जिल्ला कोषाध्यक्ष हिरालाल ओलि जनार्दन, जिल्ला सहसचिव क.रामचन्द्र बुढा, जिल्ला सदस्य दोय अमृत आचार्य, सरद भण्डारीको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।
उक्त कार्यक्रमको सञ्चालन अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला सदस्य क.राजेश खनालले गरेका थिए ।