तुलसीपुरमा थप ११ जनामा कोरोना संक्रमण

तुलसीपुर । तुलसीपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार तुलसीपुरको मेट्रो अस्पतालमा वडा नं. ८ मा रहेको बिद्यालयमा शिक्षक, बिद्यार्थीहरुमा एन्टिजेन विधिबाट कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका तथा संकास्पद लक्षण भएका १०६ जनामा गरिएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

मंगलबार संक्रमित हुनेमा ४ शिक्षक, ६ विद्यार्थी र १ जना व्यापारी समेत गरी ११ जनामा कोरोना पुष्टि भएको केसीले बताए । जस मध्ये संक्रमित हुनेमा वडा न.. ६ का २ जना, वडा नं. ८ का ४ जना, वडा नं. ५ का २ जना , वडा नं. ३ का २ जना र वडा नं. ७ का १ जना रहेका छन ।

हाल सबै संक्रमितको अवस्था सामन्य रहेको केसीले जानकारी दिए ।

यसैबिच ३ दिनको अवधिमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य होम आईशोलेसनमा छन् । पछिल्लो समय कोरोना संक्रमण कर्मचारी, शिक्षक, बिद्यार्थी, घरमै बसेका व्यक्ति र केही भारतबाट आएका व्यक्तिहरुमा कोरोना देखिएको छ ।

कोरोना लक्षणमा खासगरी हल्का ज्वरो, घाँटी दुख्ने, शरीर दुख्ने, निल्न गाह्रों हुने जस्ता लक्षणहरु देखिएका छन ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस