सहयोग र सहकार्यका लागि धन्यवाद : बुढाथोकी


तुलसीपुर । पवनराज बुढाथोकीले सहयोग र मतदानका लागि उपभोक्तालाई अभार प्रकट गरेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उमेदवारी दिएका बुढाथोकीले मतदान गर्ने मतदातासहित सम्पूर्ण उपभोक्तालाई आभार प्रकट गरेका हुन् ।

‘यहि पौष १७ गते सम्पन्न निर्वाचनमा मलाई अमूल्य मत दिनुहुने मतदाता, उपभोक्ता, निर्वाचन सम्पन्न गर्न अहम भूमिका खेल्ने अग्रज व्यक्तित्व, निर्वाचन समिति, सुरक्षाकमी र संचारकर्मीलाई हादिर्क आभार तथा कृतज्ञता प्रकट गर्दछु ।’ उनले भने ‘आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षासहित सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’

उनले आफु अध्यक्षमा पराजित भए पनि संस्थाको हितका लागि निरन्तर लागिरहने बताए । खेल मैदानमा उत्रिएपछि जित वा हार निश्चित भएकाले पनि यसमा आफु विचलित नभएको र अरु पराजित उमेदवारलाई विचलित नहुन आग्रह गरेका छन् ।

तुलसीपुरमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि नेतृत्वलाई दिनुपर्ने साथ र सहयोग आफुबाट कुनै कमि नहुने पनि उनको भनाई छ । शनिबार भएको निर्वाचनमा उनले १ हजार ७ सय ६७ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस