
काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो ।
समग्रमा टिकटक पहिलो स्थानमा रहँदा मनोरञ्जन विधाको एपहरुमा नेटफ्लिक्स सर्वाधिक डाउनलोड हुने एप बनेको छ ।
त्यस्तै अमेरिकामा शपिङ विधामा अमेजन पहिलो स्थानमा रहेको छ । विश्वव्यापी रुपमा अमेजन चौथो स्थानमा रहेको छ, जबकि गतवर्ष अमेजन पहिलो स्थानमा थियो । यो विधाको पाँचौ स्थानमा फ्लिपकार्ट छ ।
ट्राभल एपको सूचिमा गुगल म्याप सबैभन्दा धेरै डाउनलोड हुने एप बन्दा खाना तथा पेय विधामा म्याकडोनाल्ड र संगीत तथा अडियो विधामा स्पटीफाइ पहिलो बनेको छ । संगीत विधामा दोश्रो स्थानमा च्भ्ककय र तेश्रो स्थानमा युट्युब म्युजिक रहेको छ ।
रेमिटेन्स विधाका सर्वाधिक डाउनलोड भएका तीन एपमा पेपल, गुगल पे र फोनपे रहेका छन् ।
त्यस्तै डेटिङ एपमा टिन्डर पहिलो स्थानमा रहँदा बम्बल दोश्रो स्थानमा छ । बिजनेस एपमा जूम पहिलो स्थानमा रहँदा गुगल मिट दोश्रो, ह्वाट्सएप बिजनेस तेश्रो र माइक्रोसफ्ट टिम्स तेश्रो स्थानमा छन् ।