
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।
त्यस्तै ८ः३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९स्१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, ९ः३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।
केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार