‘ए’ डिभिजन लिगको आज तीन वटा खेल हुँदै

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । दुई खेल काठमाडौको दशरथ रङ्गशाला र एक खेल पोखराको रङ्गशालामा हुनेछ ।

काठमाडौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे थ्री स्टार र जावलाखेल खेल्नेछन् भने दशरथ रङ्गशालामा हुने अर्को खेलमा सङ्कटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रङ्गशालामै सङ्कटा र च्यासलबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस