तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतले एक प्रेस विज्ञप्ती जारी गरी यही पुस १७ गते तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा तुलसीपुरमा रहेका क्रियाशील राजनीतिक दलहरुको सहमति अनुसार राप्रपाका सदस्य पदमा उम्मेदवार लक्ष्मण केसी भएको जानकारी गराएका छन् ।
विज्ञप्तीमा पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा पार्टी आबद्ध यदि कसैले निर्णयको उल्लङ्घन गरी बागी उम्मेदवारलाई सहयोग गरेको पाइएमा साधारण सदस्यबाट कारबाही गर्ने चेतावनी दिएका छन् ।
त्यसैगरी दलीय सहमतिअनुसार उठेका यमकान्त भण्डारीको प्यानललाई जिताउन अपिल गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर नगर कमिटिका अध्यक्ष पर्वत बस्नेतले पनि एक विज्ञप्ती जारी गरी नगर कमिटिको निर्णय अनुसार तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सदस्य पदमा लक्ष्मण केसी रहेको जानकारी गराएका छन् र पार्टी सम्बद्ध सबै साथीहरुलाई चुनावी प्रचारमा लाग्न अनुरोध गरेका छन् भने आम उपभोक्तालाई सर्व दलीय सहमतिका पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो अमुल्य मत दिन हार्दिक अनुरोध गरेका छन् ।