तुलसीपुरमा नक्कली मोवाईल बेच्ने दुई पक्राउ

तुलसीपुर । तुलसीपुरबाट नक्कली मोबाइल बेच्दै हिडिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘ओप्पो’, ‘सामसुङ’ लगायतका नक्कली मोबाइलहरु बेच्दै हिडिरहेका दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

अर्यालकाअनुसार पक्राउ परेका ब्यक्तिहरुले भारतबाट ती मोवाईलको नक्कल गरेर निकालेका मोवाईलहरुलाई गाउँका नागरिहरुलाई ठगी गर्दै बेच्ने गरेको फेला परेको छ ।

त्यस्तै अहिले गाउँघरमा यसरी नक्कली मोबाइलहरु बेच्नेहरुको विगविगि रहेको तुलसीपुरका मोवाईल तथा इलेक्ट्रोनिक्स समितिका अध्यक्ष तथा मोबाइल व्यबसायी सुरज भण्डारीले बताए ।

तुलसीपुर वडा न. ६ गाइडहर स्थित नक्कली मोबाइल बेच्दै गरेको भन्ने जानकारी आएपछि उक्त ठाउँमा आफै पुगेर मोबाइल चेकजाँच गरी नक्कली नै भएको थाहा पाएपछि प्रहरी प्रशासनलाई खबर गरी पक्राउ गराएको भण्डारीले बताए ।

भण्डारीले अहिले गाउँघरमा नक्कली फोन बेच्नेहरुको विगविगी रहेको छ । धेरै जना त त्यस्ता मोवाईल किनेर ठगिएका पनि र हाम्रो पसलमा देखाउन आउने गरेको बताए ।

साथै अध्यक्ष भण्डारीले तुलसीपुर क्षेत्रमा यस्ता खालका जो कोही मोबाइल बेच्न आउने र मोबाइलको ब्राण्डमा शंका लागेमा आफूलाई वा प्रहरीलाई खबर गरिदिन सम्पूर्णमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस