जिल्ला लिग फुटबल सुरु, सक्सेस र एसएसएफएले अंक बाडे

तुलसीपुर । एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ बुधबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रमअनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको १९ नम्बर बाहिनीका बाहिनीपति मदन केसुीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बाहिनिपति केसीले मानव स्वास्थ्यको लागि खेलकुदको महत्वलाई स्थानीय स्तरबाट बुझ्नु पर्ने बताए । राष्ट्रको सान र गौरव हो खेलकुद यसको महतत्वलाई स्थानीय स्तरबाट बुझ्न आवश्यक छ अनि मात्र खेलकुदको विकास सम्भव छ उनले भने ।

कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवं १९ नं. बाहिनीका बाहिनीपति मदन केसीको प्रमुख आतिथ्य तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु आर्यालको विशिष्ट आतिथ्यमा भएको थियो । प्रतियोगिताका संयोजक इन्द्र बहादुर पुनको स्वागत रहेको कार्यक्रमको सञ्चालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा एसएसएफए र सक्सेस फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । कडा प्रतिस्पर्धात्मक खेलमा दुई/दुई गोलको बराबरी भएपछि दुबै टिमले आफ्नो खातामा एक/एक अंक जोडेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीवार दुई खेल हुने भएका छ्न् । मध्यान्ह १२ बजे हुने खेलमा लक्ष्य युवा क्लब तुलसीपुर १५ र टाईगर युवा क्लब तुलसीपुर ३ भिड्नेछन् । त्यस्तै दिउँसो साढे दुई बजे हुने खेलमा सक्सेस फुटबल क्लब तुलसीपुर र युनाईटेड युथ क्लब तुलसीपुर आमनेसामने हुनेछन् ।

२९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लामा स्थापित दस क्लबहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस