
मसुरिया, देउखुरी । राप्ती गाउँपालिका क्षेत्रका कृषकहरुलाई बाली उत्पादन तालिम पश्चात प्रविधि उपलब्ध गराईएको छ ।
नामसालिङ सामुदायिक विकास केन्द्र दाङ शाखाद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत प्रविधि अन्तर्गत विउ भण्डारण गरिने अत्याधुनिक ड्रम उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिकाका नामसालिङ सामुदायिक विकास केन्द्रको सेवा क्षेत्रका वडाहरूमा गठित कृषक समूहका २५ कृषकका लागि बाली उत्पादन उपरान्त प्रविधिको साथै बजारीकरण तालिम समेत दिइएको नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्यले जानकारी दिए ।
तालिममा सहभागी कृषकहरुलाई सोही परियोजना अन्तर्गत बाली उत्पादन उपरान्त प्रविधि सहयोग स्वरूप जनहि १ थान बीउ र बिजन भण्डारण ड्रम राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार