कांग्रेसको नवनिर्वाचित पदाधिकारी, सदस्यलाई शनिबार प्रमाणपत्र वितरण (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।

नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् । विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनित हुनेछन् । निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गरेको छ ।

पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित हुनेछन् ।

कांग्रेसको केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली हेर्नुहोस् :

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस