रोल्पामा तेक्वान्दो आईटीएफ सहिद स्मृति कप सम्पन्न

रोल्पा । तेक्वान्दो आईटीएफ सहिद स्मृति कप दोस्रो रोल्पा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएको हो । रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना र अन्तर्राष्ट्रिय तेक्वान्दो संघको संरक्षण तथा गंगादेव गाउँपालिका रोल्पाको सहयोगमा पुष ४, ५ र ६ गते गंगादेव गाउँपालिका ६ ताप्ला बजार राँक रोल्पामा सञ्चालन गरिएको थियोे ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद-न्याय, स्वतन्त्रता, विश्वशान्ती-आईटीएफ तेक्वान्दो खेलसँगै पर्यटनको विकास सबैको चाहना, रोल्पा जिल्लाको समृद्धि हाम्रो कामना’ भन्ने मुलनाराको साथ सुरुभएको प्रतियोगितामा रोल्पा जिल्लाका विभिन्न दोजाङ तथा एकेडेमीबाट करिब १२० भन्दा बढी खेलाडीको उपस्थिति रहेको थियोे।

उक्त प्रतियोगितामा तौलको आधारमा खेलाइएको थियोे।प्रतियोगिताको समापन गर्दै रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाँठामगरले रोल्पामा आईटीएफ तेक्वान्दो संघको स्थापना २०६८ सालमा सानो संख्यामा भएको र अहिले संजाल ठूलो भएको बताए ।

साथै अहिले तेक्वान्दो खेल अन्तर्राष्ट्रिय खेल भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भइ नेपालबाट राम्रो नाम स्थापित गर्न सफल भएको बताए । यसरी आर्थिक तथा भौतिक सहयोग गरेर दोस्रो जिल्ला स्तरीय प्रतियोगिता सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गंगादेव गाउँपालिका रोल्पा परिवारलाई अध्यक्ष बाँठामगरले धन्यवाद व्यक्त गरे ।

रोल्पा आईटीएफ तेक्वान्दो संघका सचीव कृष्ण प्रसाद बाँठामगरले यसरी रोल्पाको विभिन्न स्थानका खेलाडीलाई केन्द्रित गरेर प्रतियोगिता गराउनु खेलाडीको परिचयात्म विकास हुने र खेलको वृद्धि हुने बताए । त्यसैगरी प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, खेलप्रीमी मानुभाव, जनप्रतिनिधि, शिक्षक विद्यार्थी बुद्धिजीवी तथा व्यापारी लगायत सबैलाई रोल्पा आईटीएफ तेक्वान्दो संघका सचीव कृष्ण प्रसाद बाँठामगरले धन्यवाद व्यक्त गरेका छ्न् ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस