कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाको अग्रता, आरजु तेस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ ।

१३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मतका साथ अग्रस्थानमा छिन् ।

पुष्पा भुसाल ८०२ मत सहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएका छन् ।

खुलातर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

महिलातर्फका खुला केन्द्रीय सदस्यको मतगणना आइतबार नै शुरु भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस