काठमाडौं । राष्ट्रिय प्रजतन्त्र पार्टी काठमाडौं जिल्ला क्षेत्र नं. १० को आयोजनामा राप्रपाका नवनिर्वाचित केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ । काठमाण्डौंको प्रसिद्ध धार्मिक स्थल दक्षिणकालीमा अध्यक्ष लिङदेनलाई स्वागत तथा सम्मान गरिएको हो ।
काठमाण्डौं क्षेत्र नं. १० का अध्यक्ष राजेन्द्र चाँपागाईको अध्यक्षता एवम् राप्रपाका युवानेता राजकुमार केसीको संयोजकत्वमा स्वागत तथा सम्मान गरिएको केसीले जानकारी दिए । सबैको आस्था र विश्वास रहेको दक्षिणकाली भगवती मन्दिरमा परिसरमा गरिएको कार्यक्रममा भक्तजन, पुजारी एवं राप्रपाका कार्यकर्ता, शुभचिन्तकको विशेष उपस्थितीमका पूजा आरधाना गर्दै नवनिर्वाचित अध्यक्षलाई सम्मान गरिएको युवानेता केसीले जानकारी दिए ।
पूजा आराधाना पश्चात स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि सहयोग गर्न सम्पूर्णलाई आग्रह गरे । ६ महिना भित्र हिदुधर्म र राजसंस्था पुनः स्थापना हुने कुरामा आफु विश्वस्त रहेको उनले बताए । कार्यक्रममा राप्रपाका युवानेता राजकुमार केसीले धर्म, संस्कृतिको जगेर्नाका लागि राप्रपाले उठाएका मुद्दामा अहिले जनमानसमा तीव्र आकर्षण बढेको बताए ।
आगामी निर्वाचनमा राप्रपा देशकै निर्णायक शक्तिकारुपमा स्थापित हुने कुरामा आफू विश्वस्त रहेको केसीले बताए । कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य एवम् महिला नेतृ सम्झना पौडेल लगायतका नेताहरूले सम्वोधन गरेका थिए । दक्षिणकाली भगवती मन्दिरका पूजारीले नव–निर्वाचित अध्यक्ष एवम् कार्यक्रममा उपस्थित सम्पूर्णलाई आशिर्वाद दिँदै छिटो भन्दा छिटो राजसंस्था र हिँदूधर्म स्थापनाका लागि तपाईहरूको भूमिका महत्वपूर्ण रहोस् भन्ने आशिर्वाद दिए ।