गुगलले कम्प्युटरका लागि एन्ड्रोइड गेम ल्याउँदै

काठमाडौं । गुगलले विण्डोज अपरेटिङ सिस्टममा चल्ने डिभाइसका लागि एन्ड्रोइड गेम ल्याउने भएको छ । आउँदो वर्ष (सन् २०२२) मा सार्वजनिक हुने ‘गुगल प्ले गेम्स एप’ विण्डोज ल्यापटप, ट्याब्लेट र पीसीमा चलाउन सकिने भएको हो ।

२०२२ को सुरुवातदेखि ट्याब्लेट, क्रोमबुकमा उपलब्ध हुने गेम विण्डोज पीसीहरुमा पनि सहज रूपमा खेल्न सकिने कम्पनीले जनाएको छ ।

एन्ड्रोइडमा मात्र सीमित रहेको गुगल प्ले गेम अब विण्डोज ल्यापटप र डेस्क्टपमा पनि उपलब्ध हुने भएको हो । गुगलका प्रवक्ता एलेक्स गार्सिया–कुमर्टले यसका लागि कम्पनीले आफैं प्लेटफर्म डिजाइन गरेको कुरा बताएकी छन् ।

यो प्लेटफर्मका लागि गुगलले माइक्रोसफ्ट, ब्ल्युस्ट्याक्स वा अन्य कुनै कम्पनीसँग भने सहकार्य गरेको छैन । तर एन्ड्रोइड गेम क्लाउडमार्फत् स्ट्रिमिङ हुनुको डिभाइसबाटै लोकल रूपमा चल्नेछन् । यसका लागि गुगलद्वारा वितरित नेटिभ विण्डोज एप उपलब्ध हुनेछ, जसले विण्डोज १० र त्यसमाथिका संस्करणलाई सपोर्ट गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस