काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ ।
लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरिन् ।
मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् ।
मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।
नेपालले अब लिगको अन्तिम खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ ।