४०९० मत गन्दा गगनलाई २६४४ मत, विश्वप्रकाशलाई १६८५

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मत परिणाममा गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्।

४०९० मत गणनामा गगनले २६४४ मत पाएका छन् । दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १६८५ मत पाएका छन्।

यस्तै प्रकाशशरण महतले १३५७ मत पाएका छन्।

प्रदीप पौडेलले १२१७ मतसहित महतलाई पछ्याइरहेका छन्।

यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। रिजालले ७०६ मत पाउँदा कार्कीले ९२ मत पाएका छन्।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस