कांग्रेस महामन्त्रीमा १४९५ मत गन्दा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि छन् ।

१४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४२९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस