किसानहरुलाई बाख्रा तथा बुंगुर वितरण

दंगीशरण । दंगीशरण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र सिड संस्थाको साझेदारीमा सञ्चालित दंगीशरण कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत दंगीशरण गाउँपालिकाको केही वडाहरुमा बाख्रा वितरण गरिएको छ । गाउँपालिकाको वडा ३, ४ र ५ मा गठन गरिएका मुलसमुहकहरुका लागि बाख्रा वितरण गरिएको हो ।

मंगलबार गाउँपालिका अध्यक्ष भागिराम चौधरीले एक कार्यक्रमकाबिच उक्त बाख्रा वितरण गरेका हुन् । सो कार्यक्रममा अध्यक्ष चौधरीले गाउँपालिकाका नागरिकहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि गाउँपालिकाले हेफर मार्फत बाख्रा तथा बुंगुर वितरण गरिरहेको जानकारी दिए । कृषि क्षेत्रलाई फस्टाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरि गाउँपालिका लागिपरेकाले यसलाई सहि सदुपयोग गर्न आग्रह गरे ।

मंगलबार वडा ४ सतिदेवी स्वावलम्बी महिला समुहका २२ जना, सोहि वडाको मौलीमा गठित सम्झना स्वावलम्बी महिलाहरुलाई ३ वटा बाख्रा र २२ वटा वंगुर वितरण गरिएको छ । यस्तै वडा ३ काठकुवा स्वावलम्बी महिला समुहमा १० वटा बाख्रा, हेकुलीमा गठित देउथान स्वावलम्बी महिला समुहमा ६ वटा बाख्रा वितरण गरिएको छ ।

यस्तै सो समुहमा २५ जना सदस्य रहेकोमा बाँकी सदस्यहरुलाई गत वर्षमा बंगुरको पाठा वितरण गरेको छ । यसैगरी वडा ५ मा वडा अध्यक्ष दिपक गौतमद्वारा बाख्रा वितरण गरिएको हेफर गाउँपालिका संयोजक गोमा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस