दंगीशरणमा महिला शान्ति सुरक्षा संजाल गठन

दंगीशरण । दंगीशरण गाउँपालिकाको समन्वयमा साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत पालिका स्तरीय महिला शान्ति सुरक्षा संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अध्यक्ष चौधरीले दंगीशरणमा नयाँ कार्यको थालनि भएको भन्दै हातेमालो गरेर अगाडि बढ्न सुझाव दिए । दंगीशरणलाई हरेक पाटोबाट राम्रो बनाउनका लागि सबै जना आआफ्नो जिम्मेवारी सम्झेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । सो अवसरमा कार्यपालिका सदस्य दिलकुमारी वि.क., वडा ६ का वडा सदस्य ममता परियार, कार्यक्रम अधिकृत किरण पोखरेल, महिला बालबालिका शाखाका चन्द्रा वलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

सो अवसरमा महिला शान्ति सुरक्षा संजाल गठन गरिएको छ । प्रत्येक महिना फेरिने गरि गठन गरिएको संजालमा यो पुष महिनाका लागि गिता रेग्मी न्यौपानेलाई जिम्मेवारी दिइने निर्णय गरिएको छ । यस्तै प्रत्येक महिनाको १६ गते संजालको नियमित बैठक बस्ने निर्णय समेत गठन गरिएको छ । कार्यक्रमको सहजीकरण साझेदारी पालिका संयोजक माया चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस