दंगीशरणको चौमासिक समीक्षा कार्यक्रम सम्पन्न

दंगीशरण । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको गतिविधि पारदर्शी बनाउँनुपर्ने बताएका छन् । दंगीशरणको हरेक गतिविधि गुणस्तरीय बनाउँनका लागि कर्मचारीको ठुलो हात रहेको भन्दै हरेक वर्ष वा ६ महिनाको गतिविधि बारेमा समीक्षा गर्न सकिने कामहरु सञ्चालन गर्न आग्रह गरे । दंगीशरण गाउँपालिका आर्थिक बर्ष २०७८/०७९ को पहिलो चौमासिक समीक्षा कार्यक्रमका अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । अध्यक्ष चौधरीले ब्यवस्थापन र नीतिगत कुरालाई लिएर कार्य सञ्चालन गर्ने र बाँकी रहेका कार्यहरु सञ्चालन गर्न तथा ब्यवस्थापन कार्यलाई प्रविधिमैत्री तरिकाले सञ्चालन गर्नका लागि व्यवस्थापनलाई चुस्तदुस्त बनाउनतर्फ आफु सकारात्मक रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काले अबका दिनमा हरेक शाखालाई प्रविधिसँग जोडेर सञ्चालन गर्ने भन्दै राजश्व शाखालाई पनि सफ्टवेयरको माध्यमबाट सञ्चालन गर्नका लागि कार्य अगाडि बढाइने बताए ।


समीक्षा कार्यक्रममा प्रवक्ता तथा वडा न. ७ का वडाध्यक्ष विर बहादुर वलीले समीक्षात्मक कार्यक्रम गर्न जरुरी रहेको बताए । पूर्वाग्राही रुपमा कार्य भईरहेको भन्दै भौतिक पूर्वाधारको निगरानि गर्नुपर्ने बताए ।


कार्यक्रममा लेखा अधिकृत सोमराज डाँगीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २०७८/७९ मा ४७ करोड ६५ लाखमा ७ करोड ६२ लाख खर्च भएको जसमा १५.९५ प्रतिशत हुन आउँछ । त्यस्तै चालु बर्षमा २६ करोड २ लाखमा ५ करोड ५६ लाख खर्च भएको जसमा २१.३७ प्रतिशत हुन आउँछ । यस्तै पूँजीगततर्फ २१ करोड ७३ लाखमा २ करोड ५ लाख खर्च भएको जानकारी दिए जसमा ९.४६ प्रतिशत हुन आउँछ ।
शिक्षा शाखा विनोद अधिकारीकाअनुसार यस वर्ष कार्यक्रमहरु सञ्चालन नभएको र शिक्षकहरुको तलव भत्ता विद्यालय पठाउने कार्य भएको जानकारी दिए ।

योजना शाखा प्रमुख लेखनाथ आचार्यले यस वर्ष ५ वटा उपभोक्ता समिति गठन भएको र अरु कार्यक्रमहरु सञ्चालन भईराखेको जानकारी दिए ।


यस्तै हेकुली स्वास्थ्य चौकीका प्रमुख टेक बहादुर खत्रीकाअनुसार गर्त वर्षभन्दा यस वर्ष प्रसूती सेवा बढेको, सुत्केरीलाई अण्डा र चिया, आयोडिन नुन र सावुन, घरसम्म एम्बुलेन्ससेवादिदै आएको जानकारी दिए ।

यस्तै गोल्टाकुरी स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र हमालले गोल्टाकुरी स्वास्थ्य चौकी पहुँच राम्रो रहेको भन्दै विकट वडा भएका कारण गतवर्ष घरमै पुगेर १५ प्रतिशतलाई घरमै पुगेर सेवा दिएको तथा स्वास्थ्य जाचँ गराएको, परिवार नियोजन सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रम संचालन गरेको बताए ।


भौतिक पुर्वाधार शाखा प्रमुख प्रमोद गौतमले गतवर्ष कोभिड १९ काकारण सम्पन्न नभएका भौतिक पूर्वाधार निर्माणका काम भईरहेको वडामा बाटो पक्की हुने कार्य भइरहेको जानकारी दिए ।


कृषि शाखा प्रमुख सरु भुषालको प्रगति समीक्षाअनुसार यस चालु वर्षमा आलुको पि.वि.एस दाना वितरण तथा विउ वितरण, वाली उपचार शिविर तथा विषादि वितरण कार्यक्रम, ५० प्रतिशत अनुदानमा गहुँको उन्नत विउ वितरण, पालिका तथा वडा स्तरमा कृषक संजाल गठन वडा, स्थलगत तालिम सञ्चालन भएका छन् ।

पशु शाखा प्रमुख हितराम चौधरीकाअनुसार गतवर्ष मेडिकल उपचार अन्र्तगत गाईगोरु, भैँसी रांगो, भेडा बाख्रा, बुंगुर सुंगुर, कुकुर गरी जम्मा ३३ हजार ७ सय ४२ वटाको उपचार भएको, माईनर सर्जिकल उपचार तथा पशु बन्ध्याकरण अन्र्तगत गाई गोरु,भैँसी रांगो, भेडा बाख्रा, बुंगुर सुंगुर, कुकुर , कुखुरा गरि जम्मा ९ सय १७ वटाको उपचार भएको र गाई भैँसी, भेडा बाख्रा, बुंगुर सुंगु गरी २ सय १६ वटाको उपचार भएको जानकारी दिए ।

वातावरण सरसफाई तथा विपद् ब्यवस्थापन इकाईका प्रमुख बालकृष्ण भण्डारीकाअनुसार पालिका अध्यक्षको अध्यक्षतामा स्थानीय विपद ब्यवस्थापन समिति रहेको, आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि २०७८ संघीय साझेदारी सहयोग कार्यक्रमको सहयोगमा निर्माण भएको, राहत वितरण मापदण्ड मस्यौदा भएको, जस्ता उपलब्धिमुलक कार्य भएका छन् ।

राजश्व शाखाका किरण पोख्रेलकाअनुसार गतवर्ष ९२ लाख ३ सय ९७ राजश्व उठेकोमा चालु आर्थिक वर्षमा ५६ लाख ५८ हजार १ सय ४७ रु.८ पैसा राजश्व संकलन भएको जानकारी दिए ।

यस्तै पञ्जीकरण शाखाका कालुराम चौधरीकाअनुसार पहिलो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १९ सय ३६ जना रहेका छन् । यस्तै महिला बालबालिका शाखा प्रमुख चन्द्रा वलीकाअनुसार गतवर्ष २४ जना जेष्ठ नागरिक लाभान्वित भएका थिए भने २०७८÷७९ मा ११ जना लाभान्वित भएको जानकारी दिए ।

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सन्तोष गिरीकाअनुसार सशर्त बजेट अन्र्तगत ५९ लाख साझेदारीका लागि विभीन्न वडाबाट १७ लाख ७४ हजार गरी जम्मा ७६ लाख ७४ हजार रहेको जानकारी दिए ।


यस्तै प्रशासन शाखा प्रमुख एंव न्यायिक समितीका यादव डाँगीले न्यायिक समितिमा चालु आर्थिक वर्षमा १३ थान मुद्धा दर्ता भएको जसमा घरेलु हिंसाका १०, जग्गा विवादको २ र वायु प्रदुषणको १ मुद्धा दर्ता भएको जानकारी दिए । कार्यक्रममा साझेदारी संघीयता सहयोग कार्यक्रमका गाउँपालिका संयोजक माया चौधरीले पालिकाको डिजिटल प्रोफाईल बनाउँन सहयोग, सूचना प्रविधिमैत्री हल ब्यवस्थापन, न्यायिक समिति सम्बन्धी रेडियो जिंगल निर्माण प्रशारण, पालिकाको आन्तरिक राजश्व सुधार कार्यशाला गोष्ठि लगायतका कार्यक्रममा साझेदारीको सहयोग मार्फत भएको जानकारी दिइन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस