तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुरमा लाग्ने महोत्सव कुनै पनि हालतमा नरोकिने बताएका छन् । कोरोनाका तेस्रो भेरियन्ट आएर मुलुकलाई नै असर गर्ने अवस्थामा बाहेक अन्य अवस्थामा महोत्सव नरोकिने भन्दै यसमा भ्रममा नपर्न सबैमा अनुरोध समेत गरेका छन् ।
महोत्सवको अधिकांस तयारी पूरा भएको भन्दै महोत्सवलाई भब्यताका साथ सम्पन्न पारिने समेत बताए । साथै महोत्सवलाई विफल बनाउन विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै त्यस्ता कुराको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् ।
तुलसीपुर चेम्वर अफ कर्मसको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार’ विस्तार भन्ने उद्देश्यका साथ आउँदो पुस १ गतेदेखि १२ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार