
तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुरको शनिबार सम्पन्न अधिवेशनले तुलसीपुर उपमहानगरपालिका माओवादी केन्द्रको अध्यक्षमा खुसीराम चौधरीलाइ सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ ।
निर्वाचन समितिका संयोजक डिल्ली अधिकारीले दिएको जानकारीअनुसार नवगठित समितिको उपाध्यक्षमा मनकुमारी महत’शान्ति ‘ यज्ञ बहादुर केसी र मोहन थापा रहेका छन् ।
त्यस्तै सचिवमा तुलाराम भण्डारी’ बारुद ‘, सहसचिवमा भिम बहादुर चौधरी, र कोषाध्यक्षमा अमर नेपाली’माइकल ‘ सर्वसम्मत रुपमा चयन भएका छन् । भेलाले यस अघि ७३ जना सदस्यहरुलाई सर्वसम्मत निर्वाचित गरीसकेको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार