तुलसीपुर । योङ कम्युनिष्ट लिग (वाइसिएल) दाङको इञ्चार्जमा अमर नेपाली (माईकल) चयन भएका न् ।
शुक्रबार बसेको संगठनको बैठकले माईकललाई दाङको वाइसिएल इञ्चार्जमा चयन गरेको हो । आफूले पाएको जिम्मेवारी कुसलतापूर्वक सम्पन्न गर्ने माइकलले बताएका छन् ।
उनी तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य पनि हुन् । त्यस्तै संगठनले लुम्बिनी प्रदेशको सहसंयोजकमा दाङका गोपाल वली(प्रविण) र सरोज पन्तलाई चयन गरेको छ । उनीहरु जनयुद्धका कमान्डर समेत हुन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार