वंशीकुमार शर्माको राप्रपा केन्द्रीय सदस्यमा उम्मेदवारी

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बंशीकुमार शर्माले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । यस भन्दा पहिले पनि राप्रपाका केन्द्रीय सदस्य समेत रहेका शर्मा मिडिया नेपाल केन्द्रीय अनुशासन समितिका संयोजक तथा सञ्चार उद्यमी हुन् ।

राप्रपाको स्थापनाकालदेखि निरन्तर राजनीतिमा लागेका शर्मा जनतासामु मिलनसार, प्रखर अनि स्पष्ट व्यक्तिका रुपमा परिचित छन् । उनले संस्थापक प्यानलबाट उम्मेदवारी दिएको जानकारी दिएका छन् । राप्रपा विद्यार्थी कार्यकालमा स्ववियु निर्वाचनमा समेत चुनाव लडेका शर्मा पार्टीप्रति अथक योगदान पुर्याउनुका छन् ।

त्यस्तै शर्मा दाङ जिल्ला सुकुम्बासी समाधान आयोगकाका सदस्य तथा प्रवक्ता, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको विकास समितिको सदस्य, विभिन्न संघसंस्थामा आबद्ध रही जिम्मेवारी सम्हाली सकेका र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार समेत रहेका छन् ।

साथै संविधान सभाको तत्कालीन दाङ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचनमा भाग लिएका शर्मा हालको राप्रपा केन्द्रीय सदस्य हुन् । उनले आफुलाई अमुल्य मत दिएर राप्रपालाई बलियो बनाउने अभियानमा साथ दिन पनि हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस