महाधिबेशनबाट बलियो र सशक्त कांग्रेस निर्माण गर्न आवश्यक : महर

दाङ । नेपाली कांग्रेसका युवा नेता नैनसंहि महरले सशक्त र बलियो कांग्रेस नै नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मुख्य मुद्धा भएको बताएका छन् । १४ औं महाधिवेशनमा केन्द्रीय समितिका लागि १४ एजेण्डा लिएर देश दौडाहामा निस्केका महरले बुधबार दाङको लमहीमा आयोजित कार्यक्रममा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महरले यस्तो बताएका हुन् ।

कांग्रेस बलियो भयो भने मात्र त्यसमा सबै ओत लाग्ने र अटाउन सक्ने भन्दै सोहीअनुसारको अबको नेतृत्व छान्न महाधिबेशन प्रतिनिधिहरुसँग अनुरोध गरे । उनले केन्द्रीय कमिटिलाई छाताको संज्ञादिंदै राम्रो छाता भयो भने मात्र मानिस ओतलाग्न न सक्ने भएकोले यो महाधिबेशनबाट चुहिने नभई राम्रो छाता छान्नु पर्नेमा महरले जोड दिए ।

राजनीतिभन्दा जनतालाई टाढा राख्न खोज्ने प्रपन्चले नेपाली कांग्रेस बलियो हुन नसक्ने भएकाले राजनीतिसँगै जनतासँग नजिक भएर जोडिन सक्ने नयाँ नेतृत्व आउनुपर्ने महरको भनाई थियो । सो अबसरमा महरले आफ्नो उम्मेदवारीसँगै आफुले अघि सारेको १४ बुँदे एजेन्डाको बारेमा पनि जानकारी गराएका थिए ।

महरले अघि सारेका एजेन्डाहरुमा प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता दिईनुपर्ने, निशुल्क स्वास्थ्य–शिक्षा, सर्वशुलभ यातायात र सञ्चार, बीपी विचारको कार्यान्वयन, आर्थिक पारदर्शिता, आचरणमा शुद्धतालगायतका बुँदाहरु रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला क्षेत्र तथा नगर समितिका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

कांग्रेसको सशक्तकीरण गरेर बहुमतको सरकारका माध्यमले बिपी कोइरालाको सपना र नेपाली युवाको आकांक्षी पुरा गर्न जम्मिेवारी पनि कांग्रेसको काँधमा आएको उनले बताए । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य एवं माननीय अभिषेक प्रताप शाह लगायतले कांग्रेस रुपान्तरणको आवश्यकता औल्याए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस