माओवादी केन्द्रमा आवद्ध थारु अगुवा कार्यकर्ताहरुको बैठक सम्पन्न

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रमा आवद्ध थारु अगुवा कार्यकर्ताहरुको बैठक सम्पन्न भएको छ । सोमराज चौधरीको अध्यक्षता बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।

बैठकले तुलसीपुर उपमहानगरपालिकामा मंसिर ११ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोस्रो अधिवेशनमा देखिएको समस्या समाधानका लागि पार्टीको विधि अनुशासन र पद्धतिअनुसार समस्या समाधानको खोजी गर्ने, पार्टीको विधि विपरित गई कुनै व्यक्तिको चाहनामा पदाधिकारी ल्याउने प्रवृतिको विरुद्ध संघर्ष गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकमा भएको निर्णयलाई वेवास्ता गरी नेतृत्वले आफुखुशी गरेमा पार्टीको सम्पुर्ण जिम्मेवारीबाट सबै थारु अगुवा कार्यकर्ताले राजिनामा दिने चेतावनी समेत दिएको छ । साथै १० प्रतिशत मनोनित गर्ने व्यवस्था बमोजिम थारु समुदायबाट संख्यात्मक प्रतिशतका आधारमा मनोनित गर्ने माग गरेको छ ।

उक्त बैठकमा तुलसीपुर वडा १५ का सोमराज चौधरी, बालचन्द्र चौधरी, वडा १० का झग्गु चौधरी, घुमिलाल चौधरी, वडा १९ का भिम चौधरी, शिव प्रसाद चौधरी, वडा १७ का ठाकुरराम चौधरी, वडा ११ का गोपीलाल चौधरी, वडा १६ का सन्दिप चौधरी, वडा ६ का गोकुल प्रसाद चौधरी, वडा ७ हरी चौधरी र वडा १५ की राम कुमारी चौधरी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस