माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा सुकबहादुर

रोल्पा । नेकपा माओवादी केन्द्र रोल्पाको परिवर्तन गाउँपालिकामा शनिबार दास्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। दोस्रो सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएका छ्न ।

जसको अध्यक्षमा सुकबहादुर बुढामगर, उपाध्यक्षमा हरिप्रसाद बुढामगर, मानसिङ बुढा मगर, हित कुमारी बुढामगर, सचीवमा कर्ण बहादुर बुढामगर, सहसचीवमा चुरालाल वली चयन भएका छन् । तर कोषाध्यक्षको लागि भने गाउँपालिका स्तरीय निर्वाचन समितिको पहिलो बैठकबाट छिटै टुंगिने बताइएको छ ।

पार्टीको कार्यविधिअनुसार ५५ जनाको कार्यसमिति बन्ने भएकाले ५० जनाको सदस्यीय चयन भएको र १० प्रतिशतको आधारमा ५ जनापछि मनोनित गर्ने गरी सुकबहादुर बुढामगरको अध्यक्षतामा ५० सदस्यीय नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका निवर्तमान सचीव हरिप्रसाद बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस