
सल्यान । सल्यानमा देवरको हत्या गरी जलाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका ५ रानी कोट गैरीगाउँका आफ्नै भाउजू नाता पर्ने २६ वर्षीय लक्ष्मी चन्द र छिमेकी २५ वर्षीय भाउजू नाता पर्ने राधा पौडेलले रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
उनीहरूले बिहीबार राति देवर नाता पर्ने ३० वर्षीय शेर बहादुर चन्दको हत्या गरी जलाएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए । उनकाअनुसार चन्दको हत्यापछि जलाएर बासको झाडीमा फालेको अवस्थामा शव भेटिएको हो । घटना राति भए पनि शुक्रवार बिहान प्रहरीलाई जानकारी आएको थियो ।
मृतक चन्दको राति नै हत्या गरेर लासलाई छुट्टाछुट्टै दुई स्थानमा जलाएको र शव नजलेपछि बास घारीमा आधा जलेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुई जना महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।