बसको ठक्करले साइकल यात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार शिवराज नगरपालिका १ शिवपुरस्थित हाइवे पेट्रोल पम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको हो ।

पूर्ववाट पश्चिमतर्फ जाँदैगरेको ना ८ ख ८१९१ नम्बरको बसले वनकवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गर्दा बसले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा शिवराज नगरपालिका १ निवासी सन्तोष मगर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । गम्भीर घाइते भएका मगरको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस