
रोल्पा । रोल्पाको माडी गाउँपालिकाको पहलमा र संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा घर्तीगाउँ बजार क्षेत्रमा ९ सय मिटर सडक कालोपत्रको काम सुचारु भएको छ ।
अहिले कालोपत्रको काम तीव्र गतिमा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगर र उपाध्यक्ष धनिकला घर्ती बुढामगर र सहिद मार्ग इन्जिनियर लगायतको टोलीले प्रत्येक्ष अवलोकन गरेका थिए । २०७७ साल पुष २ गते लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन र माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले सडक कालोपत्रको लागि म्यानडेट अगाडि बढाएका थिए।
पश्चिमी रोल्पाको ब्यापारी केन्द्र घर्तीगाउँ बजारमा विभिन्न संघीय अड्डाहरु, गाउँपालिका कार्यालय, विभिन्न बैंक, इलाका स्तरीय कार्यालय छन भने व्यापारिक हिसाबले पश्चिम रोल्पा, रुकुम र सल्यान समेतको मुख्य बिन्दु रहेको छ।