दाङ–सल्यान सडक १५ दिनसम्म दैनिक ८ घण्टा बन्द हुने

तुलसीपुर । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड १४ दिनसम्म दैनिक ८ घण्टा बन्द हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत राम्री–चोरखोला सडक स्तरोन्नति गर्नुपर्ने भएकोले मंसिर ७ गतेदेखि २१ गते सम्म दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गर्दै दाङ–सल्यान सडकखण्डमा १५ दिनसम्म सवारीसाधन आवागमन दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस