दाङमा ब्राउन सुगर सहित एक जना पक्राउ

तुलसीपुर । दाङमा लागू औषध (ब्राउन सुगर) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको नानपारा घर भएका २८ वर्षीय नाइम रहेका छन् ।

लमही नगरपालिका वडा नम्बर ९ अमिलियाबाट सोमबार साँझ ५ बजे प्रहरीले नाइमलाई पक्राउ गरेको हो । भारतीय नागरिक जस्तो देखिने एक व्यक्तिले लागु औषध (ब्राउन सुगर) ओसार पसार तथा विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले संकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरी खान तलासी गर्दा ज्याकेटको खल्तीबाट प्लाष्टिकको पोका बनाई राखेको खैरो रंगको धुलो जस्तो देखिने ४५ ग्राम (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस