माओवादी केन्द्र परिवर्तन गाउँपालिका वडा २, ४, ५ र ६ मा वडा अधिवेशन सम्पन्न

रोल्पा । नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका २, ४, ५ र ६ वडामा दोस्रो वडा अधिवेशन सोमबार सम्पन्न भएको छ भने १ र ३ वडामा अधिवेशान हुन बाँकी रहेको परिवर्तन गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता सुक बहादुर बुढामगरले जानकारी दिए ।

उनकाअनुसार परिवर्तन गाउँपालिकाको ४ वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताउदै १ र ३ वडामा विवाह र स्थानीय मेलाले गर्दा हुन नसकेको बताए ।माओवादी केन्द्र परिवर्तन गाउँपालिका वडा २ को अध्यक्षमा खड्कप्रसाद वली(जेन्जिङ), वडा ४ को अध्यक्षमा कमल विवश मगर, वडा ५ को अध्यक्षमा दिल बहादुर वली चयन भएका छन् । त्यस्तै वडा ६ को अध्यक्षमा भुपेन्द्र बुढामगर सर्वसम्मत चयन भएका छन् ।

रोल्पा जिल्लाको ७२ वडा मध्य करिब ७० वडामा नेकपा माओवादी केन्द्रको राष्ट्रिय वडा अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र रोल्पाका पार्टी अध्यक्ष सुरेन्द्र थापा घर्तीले जानकारी दिए । घर्तीका अनुसार धेरै वडामा सर्वसम्मत नेतृत्व चयन भएको र केही वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको समेत बताए ।

रोल्पाको १ नगरपालिका र ८ वटा गाउँपालिकाको सबै वडा अधिवेशन सम्पन्न भइसकेको छ भने परिवर्तन गाउँपालिकामा ६ गते ४ वडा भएको १ र ३ वडामा अधिवेशन हुन बाँकी रहेका छ । ४ गते तोकिएको वडा अधिवेशन परिवर्तन गाउँपालिकाभित्र बस्ने स्थानीयको बस दुर्घटना भएर मृत्यु भएपछी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस