दाङ –
राहदानी विभागले आजबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ । पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ ।
साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई-पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ ।
पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ । मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ । सेवाग्राहीले ई-पासपोर्ट एकै दिनमा पाउनेछन् । ई-पासपोर्टमा माइक्रो चिप्स हुन्छ । चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण सुरक्षित रहने बताईएको छ ।।
प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार


