
तुलसीपुर, ३० कात्तिक ।
प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको अध्यक्षमा राकेश बस्नेत (दामोदर) चयन हुनुभएको छ । शाखाको उपाध्यक्षमा दीपक बोहरा,सचिबमा विकास डांगी,सह-सचिवमा सुमन केसी, कोषाध्यक्षमा भागवत भट्टराईलाई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजेश ओली (रुद्र) मदन बिक (मुस्कान, देबराज कडेल,झरना केसी,बिशाल परियार,गोपाल गिरी र इश्वर बिसी चयन हुनुभएको छ ।
प्रेस सेन्टरले पालिका स्तरिय शाखा विस्तार अभियान अन्तर्गत पहिलोपटक तुलसीपुरमा शाखा विस्तार गरेको हो । नयाँ नेतृत्व आइसकेपछि प्रेस सेन्टर दाङले मगंलवार तुलसीपुरमा प्रथम ऐतिहासिक भेलाको आयोजना गरि पालिका स्तरिय शाखा विस्तार अभियान सुरु गरेको हो ।
मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका संस्थापक केन्द्रिय सदस्य अजयदिप शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताउनुभयो । यति बेला संगठन निमाणर् अभियान र महाधिवेशनको तयारीमा जुटेका छौँ,उहाँले भन्नुभयो- ‘समावेशी मर्म अनुसार नेतृत्वको विकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
समाजवादमा जाने प्रश्रमा उहाँले सबैभन्दा पहिले सविंधानका मौलिक हकहरु कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । ‘हामी मध्यान्तर अवस्थामा छौँ,उहाँले भन्नुभयो-‘गणतन्त्र अझै संस्थागत हुन सकेको छैन,सविंधानलाई कसरी बचाउने भन्ने खतरा बढेको छ ।’ त्यस्तै उहाँले पछिल्लो समय पत्रकारहरु आफ्नो उद्देश्यमा अल्मलाई रहेको बताउँदै परिस्थीती अनुसार आफुलाई समायोजन गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।
सुचना दिने माध्यमहरु थुप्रै भएतापनि त्यसको प्रयोग र आम जनमानसमा त्यसले पार्ने प्रभाबबारे पत्रकारहरु सदैव चनाखो हुनुपर्ने शर्माको जोड छ । कार्यक्रममा नेपाल किसान महासघंका केन्द्रिय उपाध्यक्ष शेशुराम भण्डारीले माओवादी केन्द्रले बनाएका एजेण्डाकै कारण नेताहरुले देश चलाएको दावी गर्नुभयो । त्यस्तै प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसी, भुपेन्द्र प्रकाश वलि, प्रकाश चौधरीले कलमजिवि पत्रकारहरु समाजवादको बहसमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सघिंयताको कार्यान्वयन सञ्चारबाटै गर्नुपर्ने उहाँहरुको जोड छ ।
कार्यक्रममा प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले श्रमजिवि पत्रकारहरुको क्षमता विकास सगंसगै उनीहरुका मुद्धालाई साझा मुद्धा बनाउन सगंठन विस्तारमा लागेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रको विकासका लागि सदैव प्रतिबद्ध रहेर काम गर्ने पनि बताउनुभयो प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक रामशरण चौधरी,प्रेस सेन्टर दाङका इन्चार्ज पुरन शर्मा,शाखाका सचिव जनक नेपाली,नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी,प्रेस युनियनका पुर्व अध्यक्ष शुशिल बस्नेत,प्रेस चौतारी दाङका सचिव प्रेम राम्जा,चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुन,जनपत्रकार सगंठन दाङका अध्यक्ष हेमन्तप्रकाश वलि,नेकपा माओवादी केन्द्र तुलसीपुर नगरका अध्यक्ष खुसीराम चौधरी,तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारी,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली लगाएतले पत्रकारिता निष्पक्ष ढंगले संचानल हुन सकेमात्रै देश सहिमार्गमा अघि बढ्ने बताउनुभयो ।
प्रेस सेन्टर दाङका उपाध्यक्ष अनिता पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव दिपक बोहोराले गर्नुभएको थियो ।