सल्यानको एक विद्यालयमा पठनपाठन बन्द


सल्यान –
तलबभत्ता पाउनुपर्ने माग राख्दै सल्यानको एक विद्यालयमा शिक्षकले पठनपाठन बन्द गरेका छन् । शारदा नगरपालिका-१३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय स्यानीखालका शिक्षकले पठनपाठन बन्द गरेका हुन् ।

बिना कसुर प्रधानाध्यापकको तलबभत्ता रोकिएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेका हुन् । शिक्षक कर्मचारी हकहित संघर्ष समिति गठन गरी विद्यालयका शिक्षक तथा कर्मचारीले प्रधानाध्यापकको तलबभत्ता नआउँदासम्म पठनपाठन नगर्ने प्रतिक्रिया दिएका छन् ।

अन्य शिक्षक तथा कर्मचारीले सेवासुविधा पाइरहँदा विवाद देखाउँदै प्रधानअध्यापकको सेवासुविधा रोकिनु दुःखद भएको शिक्षक कर्मचारी हकहित संघर्ष समितिका संयोजक मेनुकाकुमारी बुढाथोकीले बताउनुभयो । माग पूरा नभएसम्म विद्यालयको पठनपाठन बन्द हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस